Friday, April 19, 2024

-->

सात लघुबीमा कम्पनीले पाए सञ्चालन अनुमति

लघुबीमा सञ्चालका लागि ३१ आवेदन परेकोमा प्राधिकरणले तीनवटा जीवन बीमा र चारवटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ।

सात लघुबीमा कम्पनीले पाए सञ्चालन अनुमति

काठमाडौँ– नेपाल बीमा प्राधिकरणले सातवटा लघुबीमा कम्पनीलाई सञ्चालनका लागि लाइसेन्स दिएको छ। सञ्चालन अनुमतिका लागि परेका ३१ आवेदनमध्ये प्राधिकरणले तीनवटा जीवन बीमा र चारवटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो। 

प्राधिरकणले हरेक प्रदेशमा १/१ वटाका दरले ७ वटा कम्पनीलाई छनोट गरिएको जनाएको छ। जसअन्तर्गगत लघु जीवन बीमातर्फ प्रदेश १ विराटनगरको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, कर्णाली प्रदेशको क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र गण्डकीको लिवर्टी माइक्रोलाइफ इन्स्योरेन्सले लाइसेन्स पाए।

निर्जीवन बीमातर्फ लुम्बिनी प्रदेशको ट्रष्ट माइक्रो इन्स्योरेन्स,  बागमती प्रदेशको नेपाल माइक्रो इन्स्योरेन्स, मधेश प्रदेशको स्टार माइक्रो इन्स्योरेन्स र सुदूरपश्चिमको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छनोट गरिएको प्राधिकरणले जनाएको छ। लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिएको छ।

 


सम्बन्धित सामग्री