Thursday, April 25, 2024

-->

देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।

देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा निर्वाचनको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित पाँच दल प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेर लडेका थिए। निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ। 


सम्बन्धित सामग्री