Saturday, April 20, 2024

-->

स्विट्जरल्यान्डको जितमा इम्बोलोको निर्णायक गोल

स्विट्जरल्यान्डको जितका लागि ४८औँ मिनेटमा ब्रिल इम्बोलोले गरेको गोल निर्णाय बन्यो।

स्विट्जरल्यान्डको जितमा इम्बोलोको निर्णायक गोल

काठमाडौँ– स्विट्जरल्यान्डले जितसहित कतार विश्वकप २०२२ मा सुखद् शुरूआत गरेको छ। 

बिहीबार सम्पन्न समूह ‘जी’को पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि १-० गोलको जित निकालेको हो। 

स्विट्जरल्यान्डको जितमा खेलको ४८औँ मिनेटमा ब्रिल इम्बोलोले गरेको गोल नै निर्णाय बन्यो।

यसअघि दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो।

समूह ‘जी’ मा क्यामरुन, स्विट्जरल्यान्ड, ब्राजिल र सर्बिया रहेका छन्।

बिहीबार हुने अर्को खेलमा पाँचपटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्ने छ।

समूह ‘एच’ मा भने उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुने छ। बिहीबारबाट समूह चरणको पहिलो राउन्डका खेलहरू समापन हुने छ।


सम्बन्धित सामग्री