Thursday, April 25, 2024

-->

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित

भक्तपुर क्षेत्र नम्बर २ मा  नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भएका छन्। थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९६३ मतान्तरले पराजित गरेका हुन्।

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी महेश बस्नेत पराजित
तस्वीर : अमित मचामसी/उकालाे

काठमाडौँ– भक्तपुर क्षेत्र नम्बर २ मा  नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भएका छन्।

थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९६३ मतान्तरले पराजित गरेका हुन्। खसेकाे ६५ हजार ९ सय मतमध्ये थापाले २४ हजार २३८ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी बस्नेतले २३ हजार २७५ मत प्राप्त गरे।

बस्नेत यसअघिको निर्वाचनमा कांग्रेस उम्मेदवार दमननाथ ढुंगानालाई १८ हजार मनान्तरले पराजित गर्दै निर्वाचित भएका थिए। 


सम्बन्धित सामग्री