Thursday, April 25, 2024

-->

नेप्से ७ अंकले घट्यो, १ अर्ब ३५ करोडको कारोबार

निर्वाचन सेयर बजार सामान्य अंकले घटेको छ। मंगलबार १ अर्ब ३५ करोडको सेयर कारोबार भएको छ।

नेप्से ७ अंकले घट्यो १ अर्ब ३५ करोडको कारोबार

काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछि खुलेको सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ७.१३ अंकले घटेर १ हजार ९२९.७० अंकमा ओर्लिएको हो। 

कारोबार भएका बैंकिङ, जीवनबी उपसमूह झिनो अंकले बढ्दा ११ वटाको घटेको छ। नेप्सेसँगै अघिल्लो कारोबारको तुलनामा कारोबार रकम पनि घटेको छ।

मंगलबार १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँ बराबरको  ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

मंगलबार जानकी फाइनान्सको ६.२३ प्रतिशत, खप्तड लघुवित्तको ३.९९, धौलागिरी लघुवित्तको ३.९७ , सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले सेयरमूल्य बढेको छ।

यस दिन नेपाल बैंकको १२ करोड १६ लाख,  रिद्धि पावर कम्पनीको ८ करोड ६७ लाख, हिमालयन डिष्टिलरीको ८ करोड ६० लाखको सेयर खरिद बिक्री भएको छ।
 


सम्बन्धित सामग्री