Tuesday, April 23, 2024

-->

विश्वकप फुटबलमा शनिबार चार खेल हुँदै

फिफा विश्वकप फुटबलमा शनिबार समूह ‘सी’ र समूह ‘डी’ का  दुई/दुई खेल हुनेछन्।

विश्वकप फुटबलमा शनिबार चार खेल हुँदै

काठमाडौँ– कतारमा जारी फिफा विश्वकप फुटबलमा शनिबार चार खेल हुँदैछन्। समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का  समान दुई/दुई खेल हुनेछन्। 

पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे शुरू हुनेछ। दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ।

उक्त खेल खेल साँझ ६ः४५ बजे शुरू हुनेछ। यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्क राति ९ः४५ बजे भिड्दैछन्। शनिबारको अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ।

उक्त खेल राति १२ः४५ बजे हुनेछ। विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्।


सम्बन्धित सामग्री