Thursday, April 18, 2024

-->

इन्डोनेसियामा भूकम्प, ५६ जनाको मृत्यु

इन्डोनेसियाको जाभामा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ५६ जनाको मृत्यु भएको छ भने ७०० जना घाइते भएका छन्।

इन्डोनेसियामा भूकम्प ५६ जनाको मृत्यु

इन्डोनेसियाको जाभामा गएको भूकम्पमा परी ५६ जनाको मृत्यु भएको छ। सयौँ व्यक्ति घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

पश्चिम जाभाको सियानजुर सहरलाई केन्द्रबिन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले जनाएको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार सयौँ मानिसलाई अस्पताल लगिएको छ। धेरैको अस्पतालबाहिर उपचार भइरहेको जनाइएको छ।

उद्धारकर्ताहरूले भत्किएका भवनमा फसेका व्यक्तिलाई उद्धार गरिरहेका छन्। भूकम्प गएको क्षेत्रमा सघन जनसंख्या भएको र पहिरोको जोखिममा रहेको बताइएको छ। 

पश्चिमी जाभाका गभर्नर रिडवान कामिलको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ५६ जनाको मृत्यु भएको र ७०० भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। उनले भने "घाइते र मृतकको संख्या बढ्न सक्ने सम्भावना छ, किनभने अझै धेरै मानिस घटनास्थलमा फसेका छन्।"


सम्बन्धित सामग्री