Friday, April 19, 2024

-->

आजको मौसम : प्रदेश १ र गण्डकीमा हल्का हिमपात हुने

शनिबार दिउँसाे प्रदेश १ र गण्डकीका हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आजको मौसम  प्रदेश १ र गण्डकीमा हल्का हिमपात हुने

काठमाडौं– शनिबार दिउँसो देशका दुईवटा प्रदेशमा हिमपातको सम्भावना छ। 

प्रदेश १ र गण्डकीका हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण प्रदेश १, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रकाे मौसम सामान्यतया सफा रहनेछ। 

राति गण्डकीको हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।


सम्बन्धित सामग्री