Friday, March 29, 2024

-->

हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङकाे बबई गाउँपालिका– १ क्विरेनीका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षिया श्रीमती खुमी बोटेको हथौडाले हानेर हत्या गरेका छन्।

हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङ– बबई गाउँपालिका– १ क्विरेनीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। 

४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षिया श्रीमती खुमी बोटेको हथौडाले हानेर हत्या गरेका हुन्। प्रहरीका अनुसार खुमीकाे घटनास्थलमै मृत्यु भएकाे हाे। लालबहादुरलाई पक्राउ गरेर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मानबहादुर बस्नेतले जानकारी दिए।

घरायसी विवाद हुँदा घटना भएकाे हुनसक्ने उनकाे भनाइ छ। शवलाई पोष्टमार्टमका लागि तुलसीपुर ल्याइएकाे प्रहरीले जनाएको छ। 
 


सम्बन्धित सामग्री