Thursday, April 25, 2024

-->

एन्फाले ८ देखि १८ वर्षका खेलाडीलाई प्रशिक्षण दिने

मंसिर १० गतेबाट शुरू हुने प्रशिक्षणमा १५ सय रुपैयाँ मासिक शुल्क लाग्ने एन्फाले जनाएको छ।

एन्फाले ८ देखि १८ वर्षका खेलाडीलाई प्रशिक्षण दिने
तस्वीर : एन्फा।

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिने भएको छ।

एन्फाले मंगलबार सूचना निकाल्दै ८ देखि १८ वर्ष उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिन लागेको जानकारी दिएको हो।

सूचनामा जनाइएअनुसार ८ देखि १८ वर्ष उमेरका खेलाडीलाई विभिन्न समूहमा विभाजन गरेर एन्फा कम्प्लेक्स सातदोबाटोमा हरेक शनिबार प्रशिक्षण दिइने छ।

प्रशिक्षण आगामी मंसिर १० गतेबाट शुरु हुनेछ। एन्फाले प्रशिक्षणमा सहभागिता जनाउन मासिक १५ सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ।


सम्बन्धित सामग्री