Tuesday, April 23, 2024

-->

पहाडी भूभागमा आंशिक बदली रहने

जल तथा मौसम विज्ञान विभागले शनिबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। 

त्यस्तै, प्रदेश १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा दिउँसो हल्का वर्षा सम्भावना समेत रहेको विभागले जनाएको छ। राती भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसबाहेक देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ। 


सम्बन्धित सामग्री