Wednesday, April 24, 2024

-->

देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।

देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ- पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।  

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकाका आकाश बिहानैदेखि सामान्य बदली रहेको छ ।

शुक्रबार पनि प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  आज काठमाडौँको अधिकतम तापक्रम २५ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ।


सम्बन्धित सामग्री