Thursday, April 25, 2024

-->

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो नेपालमा

अमेरिकी ग्लोबल पब्लिक अफेयर्स मामिलामन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन्। नेपालमा रहँदा उनले विभिन्न कार्यक्रममा भाग लिनेछिन्।

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो नेपालमा

काठमाडौँ- संयुक्त राज्य अमेरिकाकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन्।  



भ्रमणको क्रममा उनले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्ने यहाँस्थित दूतावासले जनाएको छ। यसैगरी भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे हुने छलफलमा पनि सहभागी हुनेछिन्।



भ्रमणका क्रममा उनले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनः स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने बताइएको छ।



सम्बन्धित सामग्री