लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा निर्माणकार्य अलपत्र परेको छ।
लमजुङ– बेँसीसहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरबारको निर्माण रोकिएको छ। सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले साढे दुई वर्षअघि पुनर्निर्माण थालेको थियो। तर साउनयता निर्माण ठप्प छ।
बाइसे/चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माणले गति लिन नसक्दा स्थानीय चिन्तित बनेका छन्। गाउँशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराका अनुसार दुई वर्षभित्र सक्नेगरी पुरातत्त्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्य सम्पन्न हुन सकेन। तेस्रो वर्ष लाग्यो तर काम भएको छैन।
“निर्माणकार्य नभएपछि गत दशैँपछि काठमाडौँ पुगेर पुरातत्त्व विभाग र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवलाई भेटेर आवश्यक बजेटको व्यवस्थापनका लागि आग्रह गरेका थियौँ तर पनि काम शुरू हुनसकेको छैन,” उनले भने, “यहाँ दरबारसँगै मन्दिर पनि निर्माण भइरहेको छ। समयमा सकिएन। मान्छेको आस्था घट्यो। काममा ढिलाइ हुँदा स्थानीय बेखुशी छन्।”
स्थानीय सुरेश श्रेष्ठले धार्मिक तथा ऐतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताए।
वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माणकार्य ढिलाइ भइरहेको र हालसम्म काम नभएको बताए। “दरबार निर्माण शुरू गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ। यसअघि ठेकदारले गुणस्तरीय काम नगरेको गुनासो छ। यस विषयमा विभागले ध्यान दिएको छैन,” उनले भने। पुरातत्त्व विभागका अनुसार दरबार पुनर्निर्माण करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ।
अघिल्लो आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण शुरू गरिएकामा गत आवमा सरकारले जम्मा ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो। पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस/विष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको थियो। चालु आवका लागि ५५ लाख रुपैयाँ बजेट रहेको विभागका इन्जिनियर गोविन्द अधिकारीले बताए। बजेट अभावका कारण निर्माणकार्य लम्बिइरहेको र यस वर्षको बजेटले पनि निर्माण सम्पन्न नहुने उनको भनाइ छ।
पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ। दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ। दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ।
दरबार पुनर्निर्माण तथा व्यवस्थापनमा संघ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर चाँडो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन्। दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
