Sunday, July 13, 2025

-->

पाँच प्रदेशमा धेरै भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

देशभर आंशिकदेखि साधारणतया बदली बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पाँच प्रदेशमा धेरै भारी वर्षा हुने सतर्कता अपनाउन आग्रह

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

कोशी र गण्डकीका पहाडी भूभागमा भारी वर्षासमेत हुनेछ। राति, पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुनेछ। सो क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।


सम्बन्धित सामग्री