Friday, May 23, 2025

-->

मोटरसाइकल कृष्णभीरबाट त्रिशूलीमा खस्दा १ जनाको मृत्यु

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल कृष्णभीरबाट त्रिशूलीमा खस्दा १ जनाको मृत्यु

धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा आइतबार एक जनाको मृत्यु भएको छ। 

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो। 

मोटरसाइकल सडकबाट ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेबित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएका जानकारी दिए। 

मृतकको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको उनले बताए।


सम्बन्धित सामग्री