Monday, April 21, 2025

-->

रौतहटमा असिना: मकैबालीमा क्षति

चन्द्रपुरसहित उत्तरी भेगमा शनिबार बिहान परेको असिना र पानीले मकैबालीमा बढी क्षति पुगेको छ।

रौतहटमा असिना मकैबालीमा क्षति 
तस्वीर: नेपाल न्युज बैंक

रौतहट– रौतहटमा बेमौसमी वर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ।

चन्द्रपुरसहित उत्तरी भेगमा शनिबार बिहान परेको असिनासहितको पानीले मकैबालीमा बढी क्षति पुगेको हो। चन्द्रपुर नगरपालिका– ८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको मकै असिनाले नष्ट गरेको छ। 

“मकै बिरुवा छँदा गवारो रोगले दुःख दिने गरेको छ। बल्ल–बल्ल हुर्काए पनि असिना पानीबाट जोगाउन सकिएन,” उनी भन्छन्। बृदावन नगरपालिकाको विभिन्न गाउँमा गरिएको हिउँदे बालीमा पनि असिना पानीले क्षति पुर्‍याएको स्थानीय कृषकले बताएका छन्। 

असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आँप, लिची, कटहर जस्ता बालीमा बढी क्षति गरेको छ। आँप र लिचीको फूल अर्थात् बतिला असिना पानीले झारिदिएको छ। हिउँदे वर्षा र असिनाले इट्टामा पनि क्षति पुगेको व्यवसायीले बताएका छन्। 


सम्बन्धित सामग्री