Monday, April 21, 2025

-->

क्रिकेट खेल्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।

क्रिकेट खेल्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

जलेश्वर– महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।

एकडारा गाउँपालिका– ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमारको डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए।

गाउँका साथीसँग सोही पालिका–३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल मैदान नजिकको पोखरीमा डुबेका उनले जानकारी दिए।


सम्बन्धित सामग्री