Monday, April 21, 2025

-->

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने संख्या ७१ पुग्यो

इजरायलको आक्रमणबाट कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन्।

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने संख्या ७१ पुग्यो

इजरायलले बुधबार रातभर र बिहीबारसम्म गाजापट्टिमा गरेको आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन्।

दक्षिणी गाजाको खान युनुस र रफाह शहर तथा उत्तरी शहर बेत लाहियाका घरमा आक्रमण भएको अस्पतालहरूले बताएका हुन्।

इजरायलले मंगलबार गाजाभर पुनः व्यापक हमला शुरू गरेको थियो। यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भंग गरेको छ। 

सम्झौताबाट विचलित भएको, इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले नयाँ युद्धको दोष हमासलाई दिएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्र चार सयभन्दा बढी प्यालेस्टिनी मारिएका थिए। यसमा अधिकांश महिला र बालबालिका थिए। हमासले रकेट प्रहार गरेको वा अन्य आक्रमण गरेको कुनै रिपोर्ट आएको छैन।

पछिल्लो आक्रमणमा इजरायली सेनाको तत्काल कुनै टिप्पणी आएको छैन। सेनाले हमास लडाकुहरूलाई मात्र लक्षित गरेको दाबी गरेको छ। उसले आवासीय क्षेत्रहरूमा हमासको बसोबास अवस्थित रहेकाले नागरिक मृत्युको दोष पनि हमासलाई दिएको छ।

दक्षिणी शहर रफाहमा रहेको युरोपेली अस्पतालमा रातभर दुई परिवारको घरमा भएको आक्रमणमा महिला र बालबालिकासहित २६ जनाको मृत्यु भएको बताइएको छ। एउटा हमलामा एक बुवा र उनका सात सन्तानको मृत्यु भएको छ।

खान युनुसमा रहेको नासेर अस्पतालले रातभर एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको थियो। उत्तरी गाजामा इन्डोनेसियाली अस्पतालले बेइत लाहियामा एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको बताएको छ। बेइत लाहिया सीमा नजिकको शहर हो।


सम्बन्धित सामग्री