Monday, March 24, 2025

-->

नयाँ दिल्ली रेल्वे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजन रेलमा चढ्न जम्मा भएका बेला भागदौड भएको थियो।

नयाँ दिल्ली रेल्वे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु 
तस्वीर: पीटीआई

भारतको नयाँ दिल्ली रेल्वे स्टेसनमा भागदौड हुँदा ११ महिला र चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ। 

प्रयागराजमा चलिरहेको महाकुम्भका लागि रेल चढ्ने यात्रु रहेको स्थानमा शनिबार राति भागदौड भएको हो। घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन्। 

मृत्यु हुनेमध्ये नौ जना बिहारका, आठ जना दिल्ली र एक जना हरियाणाका छन्। घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको डीसीपी रेलवे केपीएस मल्होत्राले जनाएका छन्।

उनका अनुसार नयाँ दिल्ली रेलवे  स्टेसनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमका समाचारका कारण भागदौड भएको हो।


सम्बन्धित सामग्री