Monday, March 24, 2025

-->

प्रतिनिधिसभा बैठकको विशेष समयमै खाली कुर्सी (तस्वीरहरू)

सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो। तर सांसदहरू हाजिर गर्नासाथ बाहिरिँदा जनप्रतिनिधिको आवश्यक न्यूनतम संख्या नपुगेर संसद् बैठक स्थगन हुनेक्रम बढेको छ।

प्रतिनिधिसभा बैठकको विशेष समयमै खाली कुर्सी तस्वीरहरू
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काडमाडौँ– सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई कानून निर्माणमा भाग लिनु हो। तर संसद्का बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिरिने क्रम बढेको छ। जसका कारण सदन बैठकमा जनप्रतिनिधिको आवश्यक न्यूनतम संख्या नपुगेर बैठक स्थगन हुने गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेर बैठक स्थगन भएको थियो। त्यस्तै, मंगलबार पनि प्रतिनिधिसभा बै‌ठकको विशेष समय चलिरहँदा नै कुर्सी खालेर सांसदहरू बाहिरिएका छन्। हेर्नुहोस तस्वीरहरू :

 


सम्बन्धित सामग्री