Monday, March 24, 2025

-->

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन तोलाको १ लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला २ हजार ७०० र चाँदी १५ रुपैयाँले घटेको हो। 

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सोही परिमाणको सुनको मूल्य १ लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


सम्बन्धित सामग्री