Monday, March 24, 2025

-->

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो।

मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन बुधबार १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको हो। एक हप्तायता सुनको मूल्य लगातार बढिरहेको थियो। 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेको हो। मंगलबार १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। आज तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित सामग्री