Monday, March 24, 2025

-->

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ।

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

काठमाडौँ– राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ।

निमोनियाँबाट पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए।

पञ्चायतकालमा गृह तथा पञ्चायतमन्त्री जोगमेहर श्रेष्ठले भन्दा दोब्बर बढी मत ल्याए दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यसपछि उनी चर्चामा आएकी थिइन्। सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन्। 

उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

यो पनि : यसरी बन्यो नानीमैयाँमाथि ‘अपमानजनक’ आख्यान

नानीमैयाँ दाहालसँगको भिडियो कुराकानी :


सम्बन्धित सामग्री