Monday, March 24, 2025

-->

तराईमा हुस्सु, कोशी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

तराईमा हुस्सु कोशी कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

त्यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली हुनेछ। शनिबार बिहान पनि तराई भेगमा हुस्सु लाग्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।


सम्बन्धित सामग्री