Saturday, February 15, 2025

-->

यस्तो रहनेछ शुक्रबारको मौसम

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

काठमाडौँ– देशको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री