काठमाडौँ– आईसीसी यू१९ महिला टी२० विश्वकपको प्लेअफ खेलमा नेपाल र मलेसिया खेल्दै छन्।
मलेसियाको जोहोर क्रिकेट एकेडेमीमा भएको टसमा नेपालले टस जितेको छ। नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन्। नेपालले स्नेहा महरा र कुसुम गोदारलाई यस खेलमा मौका दिएको छ।
नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए। पहिलो पटक विश्वकप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा छन्।
नेपाल समूह चरणमा बांग्लादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो।