Saturday, February 15, 2025

-->

मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सक्यो।

मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य

काठमाडौँ– मलेसियामा जारी आईसीसी यू१९ महिला टी२० विश्‍वकपको प्लेअफ खेलमा मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि पूजा महतोले ४, रचना चौधरीले ३ तथा रिया शर्मा र सिमाना केसीले समान १–१ विकेट लिए। 

यसैबीच, नेपालकी कप्तान पूजा समूह चरण र प्लेअफका खेलसम्म सर्वाधिक विकेट लिने बलर बनेकी छन्। प्रतियोगितामा उनले ४ खेलमा ९ विकेट लिएकी छन्। 

दोस्रो धेरै विकेट लिनेमा श्रीलंकाकी चमुदी प्रबोदा छिन्। उनले ७ विकेट लिएकी छन्।


सम्बन्धित सामग्री