Saturday, February 15, 2025

-->

तोलामा १ हजार रुपैयाँले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख ६० हजार ६०० रुपैयाँ तोकेको छ।

तोलामा १ हजार रुपैयाँले बढ्यो सुन

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुन अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख ६० हजार ६०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन १ लाख ५९ हजार ६०० रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। बिहीबार तोलाको १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ८८० रुपैयाँ तोकिएको छ।


सम्बन्धित सामग्री