Saturday, February 15, 2025

-->

यू१९ महिला विश्वकप: अस्ट्रेलियाविरुद्ध टस हारेर नेपाल बलिङमा

अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना पनि समाप्त हुनेछ।

यू१९ महिला विश्वकप अस्ट्रेलियाविरुद्ध टस हारेर नेपाल बलिङमा 

काठमाडौँ– मलेसियामा जारी आईसीसी यू१९ महिला टी२० विश्वकपअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्दैछ।

बांगीस्थित वाईएसडी-यूकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।

नेपालले स्कटल्यान्डसँग खेलेको टोलीमा एक परिवर्तन गरेको छ। किरण कुँवर बेन्चमा रहँदा तृष्णा विकले मौका पाएकी छन्।

नेपाल यसअघिका दुवै खेलमा पराजित भएको थियो। अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना पनि समाप्त हुनेछ। 

नेपाल पहिलो खेलमा बांग्लादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो। 


सम्बन्धित सामग्री