रौतहट– नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ईशनाथ नगरपालिक–४ मठियास्थित ईलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोतीहारी ग्राम पन्चायत खरोही–४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए।
चिनियाँ खेलौना (नक्कली पेस्तोल) देखाएर सीमा क्षेत्रमा हिँड्डुल गर्ने व्यक्तिलाई डर-त्रास देखाइ रकम माग्ने गरेको महतोले बताए। उनका अनुसार प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कलाममाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।