खजुरा– चिसो बढेपछि नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ।
शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले बताए। उनका अनुसार अभिभावकले पनि बिदाका निम्ति अनुरोध गरेका थिए।