काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जसका कारण कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखी साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी, राति कर्णाली र सुदूरपश्चिममा साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।