ढोरपाटन– कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार रुपैयाँमा मोटरेबल पुल निर्माण भएको छ।
पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला शहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ। पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन्।
जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न सहज भएको बताए। पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनको भनाइ छ।