काठमाडौँ– नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार तोलामा १ हजार १०० रुपैयाँ बढेको सुन बुधबार तोलामा १ हजार ९०० रुपैयाँले बढेको छ।
बुधबार छापावाल सुन तोलाको १ लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलाको १ लाख ५८ हजार १०० तथा सोमबार १ लाख ५७ हजार रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन तोलाको १ हजार ८७५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तोलाको १ हजार ८६० रुपैयाँ थियो।