Saturday, February 15, 2025

-->

यस्तो रहनेछ मंगलबारको मौसम

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

काठमाडौँ– देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। साथै, कर्णाली र सुदूरपश्चिममा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखी साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखी साधारणतया बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री