Saturday, February 15, 2025

-->

तनहुँमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मंगलबार बिहान दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

तनहुँमा मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेल भन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

बाक्लो हुस्सुका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको डीएसपी अशोक थापाले बताए।


सम्बन्धित सामग्री