Saturday, February 15, 2025

-->

प्रिमियर लिगको चौथो स्थानमा उक्लियो चेल्सी

न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २२ खेलबाट ४० अंक छ।

प्रिमियर लिगको चौथो स्थानमा उक्लियो चेल्सी

काठमाडौँ– चेल्सी इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। 

सोमबार राति वुल्भ्सलाई ३-१ ले हराउँदै लिगमा पाँच खेलको जितविहीन यात्रा समाप्त गरेको हो। 

चेल्सीका लागि टोसिन अदाराबियोयो, मार्क कुकुरेला र नोनी मडुकेले गोल गरे। वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए।

न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो। चेल्सीको २२ खेलबाट ४० अंक भएको छ। 

शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ५० अंक, २२ खेलबाट ४४ अंकसहित आर्सनल दोस्रो र नटिङ्‌घम तेस्रो स्थानमा छन्।


सम्बन्धित सामग्री