Saturday, February 15, 2025

-->

संखुवासभाको बाह्रबिसे बजारमा आगलागीबाट ५ घर जले

आगलागीबाट घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्नसमेत गरी २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

संखुवासभाको बाह्रबिसे बजारमा आगलागीबाट ५ घर जले

काठमाडौँ– संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार भएको आगलागीमा पाँच वटा घर जलेर नष्ट भएका छन्। 

आगलागीबाट घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्नसमेत गरी २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा साँझ आगो निभाइएको घर जल्दा  गाउँपालिकाका अध्यक्ष भीम सिङ्थाले जानकारी दिए। 

आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू, सुशील तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पाँच घरका कम्तीमा १७ जना विस्थापित भएका छन्। 

आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत वितरण गरेको छ। दुई थान ओढ्ने र ओछ्याउने कपडा, भान्सामा प्रयोग हुने सामाग्री र खाद्यान्न वितरण गरेको अध्यक्ष सिङ्थाले बताए। पीडित आफन्त र छिमेकीको घरमा बसेका छन्। 

दिउँसो रामबहादुर राईको घरबाट आगलागी शुरू भएको थियो। मानवीय क्षति भने भएको छैन। 


सम्बन्धित सामग्री