Wednesday, February 12, 2025

-->

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

राष्ट्रपति युनले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए। तर यसको विरोध भएपछि केही घण्टापछि फिर्ता लिएका थिए।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ
तस्वीर: बीबीसी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन्। अनुसन्धान एजेन्सी सीआईओले युनविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो।

पक्राउ वारेन्ट जारी भएपछि बुधबार बिहान युनलाई सोलस्थित निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ। यसअघि पनि दक्षिण कोरियाली अधिकारीहरूले उनलाई पक्राउ गर्ने प्रयास गरेका थिए।

पक्राउको क्रममा युनको निवासबाहिर हजारौँको संख्यामा समर्थक र आलोचक भेला भएका थिए। सत्तारुढ कन्जरभेटिभ पिपुल पावर पार्टीका सांसद र युनका वकिलहरूले आवासीय परिसरभित्र गिरफ्तारी रोक्न प्रयास गरेको बीबीसीले उल्लेख गरेको छ। 

दक्षिण कोरियाको इतिहासमा बहालवाला राष्ट्रपतिलाई पक्राउ गरिएको यो पहिलो पटक हो। युनले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए। तर यसको विरोध भएपछि केही घण्टापछि फिर्ता लिएका थिए। यससँगै उनीमाथि विद्रोह गरेको आरोपमा अनुसन्धान भइरहेको छ।


सम्बन्धित सामग्री