काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। बुधबार एक औँस सुनको मूल्य २ हजार ६७५.१८ अमेरिकी डलर कायम भएको छ।
जसको प्रभावका कारण नेपाली बजारमा छापावाल सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सोही परिमाणको पहेँलो धातु १ लाख ५५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। बुधबार तोलामा १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। प्रतितोला चाँदीको मूल्य १ हजार ८३० रुपैयाँ निर्धारण भएको छ।