Saturday, February 15, 2025

-->

सुनसरीमा कार दुर्घटना, उच्च अदालत पाटनका न्यायाधीश रेग्मीसहित २ जना घाइते

बराहक्षेत्र नगरपालिका–३ मा भएको दुर्घटनामा न्यायाधीश नारायणप्रसाद रेग्मी र कारमा सवार मोरङ विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल घाइते भएका छन्।

सुनसरीमा कार दुर्घटना उच्च अदालत पाटनका न्यायाधीश रेग्मीसहित २ जना घाइते

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा मंगलबार साँझ कार दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन्।

दुर्घटनामा न्यायाधीश नारायणप्रसाद रेग्मी र कारमा सवार मोरङ विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए। 

न्यायाधीश रेग्मीको कान, हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बीएबी ७१४६ नम्बरको कार दुर्घटना भएको हो। 

तीव्र गतिमा रहेको कार ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घाइते दुवैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। 

कारमा चालकसहित पाँच जना सवार थिए। अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 

 


सम्बन्धित सामग्री