Saturday, February 15, 2025

-->

यस्तो रहनेछ मंगलबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

काठमाडौँ– देशमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो हिमाली क्षेत्रमा आंंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रहने तथा तराईमा मुख्यतया सफा रहनेछ।

यसैगरी, राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। 


सम्बन्धित सामग्री