Saturday, February 15, 2025

-->

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा छिटपुट वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा छिटपुट वर्षाको सम्भावना

काठमाडाैँ– हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

माैसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना साथै यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू/भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


सम्बन्धित सामग्री