काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा अध्यादेश जारी गरेका छन्।
‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेका हुन्।
राष्ट्रपति पौडेलबाट संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी राष्ट्रपतिको कार्यालयले जनाएको छ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलबाट ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेश’ भने जारी भएको छैन।