Friday, February 07, 2025

-->

संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह

नागरिक समाजका अगुवाहरूले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्न माग गरेका छन्।

संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह

काठमाडौँ– नागरिक समाजका अगुवाहरूले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्न माग गरेका छन्। उनीहरूले सबै ऐनकानून सदनबाटै बन्नुपर्ने पनि बताएका छन्।

नागरिक समाजका अगुवाहरू केदारनरसिंह केसी, गोपालकृष्ण घिमिरे, निर्मला शर्मा, विष्णु निष्ठुरी, उपेन्द्रकेशरी न्यौपाने, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, युवराज घिमिरे, चरण प्रसाईं, डा चोपलाल भुसाल, राजन कुइँकेल, डा अनिलविक्रम कार्की, डा सञ्जीव तिवारी, डा भूपेन्द्र बस्नेत, डा बद्री रिजाललगायत समाजका सदस्यहरूको आइतबार भएको बैठकले अध्यादेशको मार्ग नरोज्न सरकारको ध्यानाकर्षण गराएको हो।


सम्बन्धित सामग्री