Thursday, January 16, 2025

-->

एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा विराटनगर र चितवन खेल्दै

कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेल अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली र सातौँमा रहेको लुम्बिनीबीच हुनेछ।

एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा विराटनगर र चितवन खेल्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार कर्णाली याक्स र लुम्बिनी लायन्स तथा विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेल अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली र सातौँमा रहेको लुम्बिनीबीच हुनेछ।

५ खेलमा ६ अंक जोडेको कर्णालीले आजको खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ। लुम्बिनी भने अन्तिम खेलमा जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ।

यस्तै, दोस्रो खेलमा विराटनगरले चितवनको सामना गर्दैछ। ५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ भने ५ खेलमा ४ मा हार र १ जितका साथ विराटनगर तालिकाको पुछारमा छ।

चितवन आजको खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ। विराटनगरले पनि आजको खेल जितेमा प्लेअफको झिनो सम्भावना कायमै रहनेछ।

सधैँ झैं आज पनि पहिलो खेल बिहान ९ बजे तथा दोस्रो खेल दिउँसो १ बजे हुने छ।


सम्बन्धित सामग्री