Thursday, January 16, 2025

-->

अन्तिम खेलमा पनि पराजित भयो लुम्बिनी, कर्णाली ५ रनले विजयी

यो जितसँगै कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ भने लुम्बिनी जारी एनपीएलमा १ खेल मात्र जितेर बाहिरिएको छ।

अन्तिम खेलमा पनि पराजित भयो लुम्बिनी कर्णाली ५ रनले विजयी

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा कर्णाली याक्स विजयी भएको छ। लुम्बिनी लायन्सलाई पाँच रनले हराउँदै कर्णालीले रोमाञ्चक जित हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो। कर्णालीका लागि विलियम वसिस्टोले सर्वाधिक ४४ रन बनाएका थिए। अर्जुन घर्तीले २५ तथा बाबर हयातले २० र चाडविक वाल्टनले १३ रनको पारी खेलेका थिए।

लुम्बिनीका लागि विकास आग्रीले तीन विकेट लिएका थिए। तिलक भण्डारीले दुई तथा रोहित पौडेल, साद बिन जाफर र रामोन सिमोन्ड्सले १/१ विकेट लिएका थिए। 

१२९ रनको लक्ष पक्ष्याएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२३ रन मात्र बनाउन सक्यो। लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६, सन्दीप जोराले २४, आशुतोष घिरैया र साद बिन जाफरले १६/१६ तथा अर्जुन साउद १३ र कप्तान रोहित पौडेलले १० रन बनाए। बलिङतर्फ कर्णालीका जीशान मक्सुदले दुई विकेट लिए। सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र विलियम वसिस्टोले १/१ विकेट लिए।

यो जितसँगै कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ भने लुम्बिनी जारी एनपीएलमा १ खेल मात्र जितेर बाहिरिएको छ। लुम्बिनीले आफ्नो पाँचाैं खेलमा चितवनलाई ३३ रनले हराएको थियो।


सम्बन्धित सामग्री