Thursday, January 16, 2025

-->

साउदी अरेबियाले २०३४ को फिफा फुटबल विश्वकप आयोजना गर्ने

यस्तै स्पेन, पोर्चुगल र मोरक्कोलाई सन् २०३० को विश्वकपको संयुक्त आयोजनाको अधिकार दिइएको छ।

साउदी अरेबियाले २०३४ को फिफा फुटबल विश्वकप आयोजना गर्ने

काठमाडाैँ– साउदी अरेबियाले सन् २०३४ मा फिफा फुटबल विश्वकपको आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बुधबार यो घोषणा गरेको हो।

यसका साथै सन् २०३० फिफा विश्वकपको आयोजक राष्ट्रको नाम पनि घोषणा गरिएको छ। स्पेन, पोर्चुगल र मोरक्कोलाई सन् २०३० को विश्वकपको संयुक्त आयोजनाको अधिकार दिइएको छ। विश्वकप फुटबलको सय वर्ष पूरा भएको स्मरणमा सन् २०३० को विश्वकपका तीन खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि खेलाइने भएको छ।

४८ टोलीको फिफा विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र साउदी अरेबिया हुनेछ। सन् २०२२ मा खाडी राष्ट्र कतारमा फिफा विश्वकप आयोजना भएको थियो। यस विश्वकपको फाइनल खेलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो।

आगामी अर्थात् सन् २०२६ को विश्वकप क्यानडा मेक्सिको र अमेरिकामा हुने तय भइसकेको छ।


सम्बन्धित सामग्री