काठमाडौँ– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।
पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच बिहान ९ः१५ बजे हुनेछ। पाँच/पाँच खेल खेलका दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन्। पोखरा र विराटनगर अंकतालिकामा क्रमश: साताैँ र आठाैँ स्थानमा छन्। हार्ने टोली प्रतियोगिताबाट बाहिरिने छ।
यस्तै, दोस्रो स्पर्धा दिउँसो १ः१५ बजेदेखि काठमाडौँ गुर्खाज् र जनकपुर बोल्ट्सबीच हुनेछ। हालसम्म चार खेल खेलेको काठमाडौँले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ।
जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ भने काठमाडौँ पाँचौ स्थानमा छ।